पिङ लगाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु - Crazysaptahik.com

पिङ लगाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

ईलाम । ईलाममा पिङ लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

ईलाम नाम्सालिङ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–२ मा अवस्थित निधि स्कुल नजिकै उमा गौतमको घरमा डेरा गरेर बस्ने वर्ष ५७ को रामलाल रिसालको पिङ लगाउदा करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार साँझ ५ बजेको समयमा पिङ थाप्नको लागी हरियो बाँस गाड्ने क्रममा हरियो बाँसले बिजुलीको तारमा छोई उनलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल र्पुयाउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.