छतबाट लडी एकको मृत्यु - Crazysaptahik.com

छतबाट लडी एकको मृत्यु

क्रेजी साप्ताहिक
पथरी । छतबाट लडी झापामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका १ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाया दर्जी रहेका छन् ।

मंगलबार बेलुका आफ्नै १ तल्ले घरको छतमा सुत्न गएका दर्जि राति एक्कासी भुँईमा झरी लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कमल गाँउपालिका १का वडा अध्यक्षले आज बिहान ४ बजे प्रहरी चौकी तोपगाछीमा जानकारी गराए पश्चात प्रहरी घटना स्थलमा पुगेको थयो । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित खवर