आफ्नै गाउ शिवसताक्षीमा प्रितमको सांगीतिक प्रस्तुति - Crazysaptahik.com

आफ्नै गाउ शिवसताक्षीमा प्रितमको सांगीतिक प्रस्तुति

क्रेजी साप्ताहिक
शिवसताक्षी । दशैंको रौनक, बजारको एक कुनामा मिनी मेलाको माहोल, त्यही माहोलको पूर्वपट्टि पश्चिम फर्किएको चिटिक्क परेको स्टेज । त्यही स्टेजमा मंगलबार बेलुका देखापरे सारेगमप लिटिल च्याम्प तेस्रो प्रितम आचार्य ।

मंगलबारे बजार व्यवस्थापन समिति शिवसताक्षी–२ ले दशैं तथा तिहारको अवसरमा आयोजना गरेको मिनी महोत्सव २०७६ मा प्रितम त्यहाँ आएका हुन् । उनलाई आयोजकका अध्यक्ष भीम नेम्बाङ सम्मान गरे । सम्मान पश्चात् प्रितमले भने– ‘मेरो बाबा मेरो आमा यही ठाउँमा जन्मिनुभएको हो । म पनि यही ठाउँको हो । आफ्नो ठाउँमा सम्मानित हुन पाउंदा अत्यन्त खुशी लागेको छ ।’

आफ्ना कुरा राखिसकेपछि प्रितमले हिन्दी गीत ‘सन्देशे आते हे…’ गीत प्रस्तुत गरे । प्रितमले आफ्ना प्रस्तुतिहरु खासै जमेर राखेनन् । किनकी सुरुदेखि नै उनले स्वास्थ्यमा खराबी भएको जानकारी दिदै थिए । त्यसपछि आयोजकले बिच बिचमा नृत्य तथा अन्य प्रस्तुतिहरु राखेका थिए । प्रितमले त्यसपछि नेपाली गीत ‘हजार आँखा हेर्ने …’ र अन्त्यमा पुनः हिन्दी गीत ‘ओले ओले …’ गाएर बिदा भए ।

आज बुधबारको प्रस्तुति भने पहिलो नेपाली तारा दिपक लिम्बुको हुने उद्घोषक सन्तोष थेगिमले जानकारी दिए ।

भिडियो हेर्नुहोस् : –

https://www.youtube.com/watch?v=nrbLWs1CRvI

सम्बन्धित खवर