पथरीमा यौन व्यवसायमा संलग्न र सञ्चालकद्वय पक्राउ - Crazysaptahik.com

पथरीमा यौन व्यवसायमा संलग्न र सञ्चालकद्वय पक्राउ

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा सञ्चालित होटल तथा लजमा यौनकर्मी युवती राखेर यौन व्यवसाय गराउने गरेको रहस्य खुलेको छ । प्रहरीले यौन व्यवसाय गराउने होटलका सञ्चालकलाई पक्राउ गरेपछि सो रहस्य सार्वजानिक भएको हो ।

पथरीको पश्चिम बस स्टेण्ड दक्षिणमा अवस्थित चाम्लिङ होटल एण्ड लजका संन्चालकद्वय सुनिता राई र बिजय राईलाई पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी अधिकारीको कमान्डमा रहेको टोलीले यौन क्रियकलापमा संम्लग्न रहेको अवस्थामै दुई जोडीलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई मानव वेचविखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । अधिकारीले भने–‘यौन व्यवसायमा संलग्न मध्ये १४ वर्षीय युवती समेत रहेको प्रहरीले बताएको छ । होटल संचालकद्वय राईले युवतीहरुलाई प्रलोभनमा पारी यौनजन्य कार्यमा संम्लग्न गराएकाले संन्चालकद्वयलाई मुद्दा चलाइएको हो ।’

पथरीका अन्य होटल तथा लजमा पनि यस किसिमको कार्य गराइदै आएको सूचना आएको र यसका लागि प्रहरीले अप्रेशन चलाइने बताइएको छ । वेश्यगमनमा लगाउनेलाई १० देखि १५ वर्ष जेल र १ लाखसम्म जरिवाना हुनेछ भने वेश्यगमनमा संम्लग्नलाई समेत १ देखि ३ महिना जेल सजाय हुने प्रावधान रहेको छ ।

सम्बन्धित खवर