पानीमा डुबेर दुई बालिकाको मृत्यु - Crazysaptahik.com

पानीमा डुबेर दुई बालिकाको मृत्यु

क्रेजी साप्ताहिक
पथरी । ईलामको २ छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ बस्ने नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राई बुधवार दिउँसो पौने १ बजे घर नजिकै रहेको पोखरीमा डुबी रहेको अवस्थामा फेला परेको हो ।

खानुमालाइ तत्काल उदार गरी उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा सवा १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले बताएको छ ।

यसैगरी ईलामको माई नगरपालिका–५ रमिते बस्ने जिवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ ।

बुधवार बिहान १० बजे आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर घाईते भएकी वालिकालाई उपचारको लागि बिर्ता्सिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सम्बन्धित खवर