गायक श्रेष्ठले मनाए छोराको बर्थडे नमूना बाल गृहमा - Crazysaptahik.com

गायक श्रेष्ठले मनाए छोराको बर्थडे नमूना बाल गृहमा

तस्बिर : करण धिताल

क्रेजी साप्ताहिक
उर्लाबारी । गायक मिलन श्रेष्ठ र गायिका गीता गुरुङ श्रेष्ठले आफ्नो छोरा ग्रेसन श्रेष्ठको जन्मदिन बाल गृह (अनाथलय)मा मनाएको छ ।

शुक्रबार उर्लाबारीमा अवस्थित नमूना बाल गृह (अनाथलय)मा रहेका बाल बालिकाहरुलाई खाना खुवाएर शुक्रबार श्रेष्ठको बर्थडे मनाएका हुन् । खाना खाने कार्यक्रम पश्चात् सो अनाथलयमा रहेका बालबालिकाहरुका लागि स्टेशनरी सामान र रु. २५ हजार रुपैयाँ अनाथलयलाई गायक श्रेष्ठले प्रदान गरेका छन् ।

सो कार्यक्रममा मिलनका ठूलो बुबा, आमा, सासु र उनका दाजुभाइको उपस्थिति रहेको थियो । यस्तैगरी सञ्चारकर्मीहरु घनश्याम भण्डारी, सन्तोष राई, किशोर श्रेष्ठ र फोटोग्राफरहरु करण धिताल, विवेक हिङमाङ, धिरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

वर्थ डे अनाथलयमा नै मनाउनुको बारे गायक मिलन श्रेष्ठले भने–‘हामी विदेशमा कार्यरत छौं, चाडवाड मनाउने क्रममा नेपाल आएका थियौं, यहाँ समय उचित भएको कारण थोरै भएपनि छोराको जन्मदिनमा यस अनाथलयलाई सहयोग गरेका हौं ।’ मोरङ अमरदहका मिलन श्रेष्ठ र गीता श्रेष्ठ ‘मिलन गीता’ नामक एल्वम सार्वजानिक गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

यस्तै गृहका अध्यक्ष मिना बरालले पनि खुशी व्यक्त गर्दै भन्नुभयो–‘हामीलाई सम्झिएर आउनु भयो हामी उहाँहरुप्रति आभारी छौं ।’

सम्बन्धित खवर