चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण, यस्तो छ कार्यतालिका - Crazysaptahik.com

चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण, यस्तो छ कार्यतालिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार आज नेपाल आउदैछन् ।

उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो । यस्तो छ शनिबारको कार्यतालिका राष्ट्रपति सी शनिबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत गरिने छ। विमानस्थलमै सैनिक सलामी अर्पण गरिने छ। ६ बजे सी सोल्टी होटल जानेछन् । त्यसपछि ६ः ३० बजे राष्ट्रपति भवन शीतलनिवास जाने कार्यतालिका छ ।

झण्डै ४५ मिनेट दुई पक्षीय छलफल पछि सोल्टी होटल फिर्ता हुने सवा सात देखि साढे सात बजेसम्म विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
७ः ३० देखि राजकीय भोजमा सहभागी हुनुका साथै सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।

शनिबार मुख्यगरी राष्ट्रपतिसँग भेट र राष्ट्रपतिको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । सीको रात्रिभोज गराउने होटल सोल्टी निकै सिँगारीएको छ भने उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

थाहाखबर

सम्बन्धित खवर