भुटानी शरणार्थी शिविरमा आगलागि - Crazysaptahik.com

भुटानी शरणार्थी शिविरमा आगलागि


क्रेजी साप्ताहिक
पथरी । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो ।

अगाो नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए । आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित खवर