क्रेजी साप्ताहिक
पथरी । दाइजो नल्याएको निहुमा एक जना नेपाली चेलीको भारतमा हत्या भएको छ । भारतको जोगबनीस्थित भेडयारीमा विराटनगर महानगरपालिका–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को हत्या भएको हो ।
आइतबार सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा उनको शव फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ ।मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले हत्या नै भएको प्रहरीको ठहर छ । दाइजोका कारण रञ्जनाको हत्या भएको भारतको जोगबनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले बताएअनुसार ।
भारतीय प्रहरीले अनुसन्धानका लागि मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ । सासू र जेठानी भने फरार रहेको प्रहरीको भनाइ छ ।