अरिङ्गाल खाएर १० जना बिरामी, १ को अवस्था गम्भीर - Crazysaptahik.com

अरिङ्गाल खाएर १० जना बिरामी, १ को अवस्था गम्भीर

क्रेजी साप्ताहिक
पथरी । पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा अरिँगाल खाएर १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । जिल्ला अस्पतालका अनुसार बिरामी मध्ये आधासको अवस्था गम्भिर रहेको छ ।

उनीहरुले शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर खाएका थिए । अरिङ्गाल खाएपछि बान्ता हुने, मुर्छा पर्ने जस्ता लक्षण देखा परेपछि उनीहरुलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको थियो । अहिले उनीहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वले जनाएको छ ।

सम्बन्धित खवर