पथरीशनिश्चरेमा धिमाल जातिले राखे स्वागत बोर्ड - Crazysaptahik.com

पथरीशनिश्चरेमा धिमाल जातिले राखे स्वागत बोर्ड

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरको प्रथम जातिको रुपमा घोषित धिमाल जातिले आफ्नो पहिचान झल्काउन नगरको सीमा क्षेत्रमा स्वागत बोर्ड राखेको छ ।

पहिलो नागरिक धिमाल जाति समन्वय समितिका संयोजक भुवन धिमाल, नगर कार्यपालिका सदस्य तिलबहादुर धिमाल, वडा सदस्य खरिन्द्र धिमाल, वडा सदस्य रोमान्सी धिमाल, धिमाल जातीय विकास केन्द्रका साजन धिमाल, पदम धिमाल सहितको सहभागितामा पहिचान उल्लेख भएको बोर्ड आइतबार राखिएको छ ।

नगरपालिकाको सहयोगमा पूर्वपश्चिम मुख्य सडकको नगरको पूर्वको सिमाना सुनझोडा खोला र पश्चिमको सिमाना मोरङ्गी खोला पुल छेउ जिरिखिम्तीमा जातीय पहिरनका महिला पुरुष रहेको फोटो सहित स्वागत बोर्ड राखिएको हो ।

पथरीशनिश्चरेका साथै बेलबारी झापाको दमक सहितले धिमाललाई पहिलो जातिका रुपमा घोषणा गरेको छ ।

सम्बन्धित खवर