रौतहटमा गोली प्रहार गरि एक युवकको हत्या - Crazysaptahik.com

रौतहटमा गोली प्रहार गरि एक युवकको हत्या


क्रेजी साप्ताहिक
पथरी । गोली प्रहारबाट रौतहटमा एक जनाको हत्या भएको छ । ईशनाथ नगरपालिका–६ मा अज्ञात समूहले चलाएको गोली लागेर २६ वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

घिउराबाट जैयनगरतर्फ जाने बाटोमा क्रान्ति प्रावि नजिकै ती युवकमाथि गोली प्रहार भएको थियो । भारतबाटै आएका व्यक्तिले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका रहेको प्रहरी प्रवक्ता नवीन कार्कीले बताएका छन् । मृतकको साथबाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ भने यसबारे विस्तृत आउन बाँकी छ ।

सम्बन्धित खवर