नालीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु - Crazysaptahik.com

नालीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । नालीमा डुबेर मोरङको उर्लावारीमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । उर्लावारी ४ स्थित बाँधडाँडा बस्ने कुमार मगरकी २ वर्षीया छोरी निर्जला मगरको नालीमा डुबेर मृत्यु भएको हो ।
आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबिरहेको छिमेकीले देखी तत्काल उपचारको लागि मंगलबारे अस्पताल लगिएको थियो । तर, अस्पताल र्पुयाउना साथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

सम्बन्धित खवर