चिकित्सक समयमा नआएको भन्दै अस्पतालमा तोडफोड - Crazysaptahik.com

चिकित्सक समयमा नआएको भन्दै अस्पतालमा तोडफोड


क्रेजी साप्ताहिक
पथरी । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज तोडफोड भएको छ । अस्पतालका चिकित्सक अबेर सम्म पनि डियुटीमा नआएको भन्दै विरामीका आफन्त र केही विद्यार्थीले अस्पतालमा तोडफोड गरेका हुन् । विद्यार्थीको निरन्तर प्रदर्शनको कारण दिउसो २ बजे देखि अस्पताल परिषरमा तनाव छ । अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउसो २ बजे सम्म नआउँदा आक्रोसित बनेका जचाउन आएका विरामीका आफन्त तथा केही विद्यार्थीहरु मिलेर नाराबाजी गर्दै तोडफोड सुरु गरेका थिए ।

अस्पताल प्रशासनले जनाए अनुसार छतोडफोडबाट डा. झा र डा. यादव विरामी जाँच्न बस्ने कोठाको झयाल, ढोका, कुर्सी र टेबुल लगायतका सरसामानमा क्षति पुगेको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको छ । प्रदर्शन र तोडफोडमा उत्रेकाहरुले अबेर सम्म डा. झा र यादव अनुपस्थित रहँदा टाढा टाढाबाट जचाउँन आएका विरामीहरुलाई समस्या भएको र अस्पताल प्रशासनले पनि वेवास्था गरेको गुनासो गरे्का छन् ।

अस्पताल प्रशासनले भने डा. झा विदामा रहेको र अर्का डा. यादव सो समयमा ईमेरजेन्सिमा एक विरामीको उपचारमा संलग्न रहेको प्रष्ट पारेका छन् । स्थिति तनाबग्रस्त बन्दै गएपछि अहिले अस्पताल परिषरमा व्यापकमा सुरक्षाकर्मी परिचालन गरी स्थिति साम्य पार्ने प्रयास भईरहेको छ ।

सम्बन्धित खवर