क्रेजी साप्ताहिक
पथरी । हट मोडेलका रुपमा चिनिने पछिल्लो समयकी चर्चित भिजे सोनिका रोकायाले सञ्चालन गरेको लिक्वीड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार तथा उच्च ओहदा व्यक्तीत्वहरुको चहलपहल शुरु हुने गरेको छ । फराकिलो सोच र स्वतन्त्र विचारकी धनि सोनिकाले सञ्चालन गरेको उक्त बारमा दिनभरीको थकान मेट्नको लागि साझँपख राम्रै जमघट हुने गरेको छ । पुर्व युवराजधिराज पारस शाह विहिवार त्यहाँ पुग्दा एकाएक लिक्वीड लाउन्ज बारमा पुग्दा माहोल नै फेरिएको छ ।
अहिले सामाजिक सञ्जाल टिकटकमा पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् । ‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । यूट्यूवर सोनिका रोकाया यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् ।
चर्चित कलाकार देखि पत्रकारसम्मलाई आफ्नो बारमा ल्याउन सफल सोनिकाले पूर्व युवराज नै आफ्नो बारमा ल्याएर फेरि एकपटक आफूलाई अब्बल प्रमाािणत गरेकी छन् । त्यहाँ उपस्थित कलाकार मात्र हैन विदेशी पर्यटकसमेतको मुहारमा हाँसो थियो । भव्य चहलपहलमा रम्न÷रमाउन चाहने युवराज पारसलाई बोलाएकी थिइन अहिलेकी बहु चर्चित मोडल एवम युटुवर सोनिका रोकायाले ।