समाजसेवी देबेन्द्र लुइटेलको फरक प्रकारको दशैँ - Crazysaptahik.com

समाजसेवी देबेन्द्र लुइटेलको फरक प्रकारको दशैँ


क्रेजी साप्ताहिक
पथरी । सामाजिक काम गरेर अगि बढ्दै गरेका मोरङ कानेपोखरीका समाजसेवी देबेन्द्र लुईटेलले फरक तरिकाले दशैं मनाएका छन् । आफ्नो घर परिवारमा त छदै छ तर उनले गाउँका जेष्ठ नागरिकको घरघरमा आशिष लिए । अनि तिनै वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै ढाका टोेपी समेत लगाइदिए ।

कानेपोखरीका विभिन्न वडाका अति जेष्ठ नागरिककोमा पुगेर खुशी साटेको लुईटेलले बताए । गाउँमा आउँदा सामाजिक काम नै गरेर अघि बढ्ने लुईटेल दशैमा पनि गाउँकै अग्रजहरुको सल्लाहा र आर्शिवादले मार्गदर्शकको भूमिका खेल्ने बताउछन् । कोशेली फलफूल र गलामा दोसल्लाले सम्मानित हुँदा वयोबृद्धहरु निक्कै खुशी देखिन्थे । समाजसेवी लुईटेल कानेपोखरी १ निवासी ६९ बर्षीया देव कुमारी आलेमगर, वडा २ का ७७ बर्षीय देव नारायण चौलागाई बडा नं ३ का ९४ बर्षीय खड्ग बहादुर कटुवाल,वडा ४ का ९७ बर्षीय रण बहादुर बस्नेत वडा नम्बर ५ की ७२ बर्षीया रेम्ति धिमाल र वडा नम्बर ६ की ९८ बर्षीया कमला थापा र वडा नम्बर ७ मा ९५ बर्षीया हरिमाया सापकोटाकोमा टिका लगाउन पुगेका थिए । आफ्नै छोरो झै लागेको प्रतिक्रिया उनले दिए । कांग्रेसी विकासप्रेमी नेता समेत रहेका लुईटेलसँगै उनकी धर्मपत्नी रोशना निरौला लुईटेल पनि टिका लगाउन सरिक भइन् ।

टिका तथा अशिर्वाद ग्रहण गर्ने ठाउँमा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । उनी सगै समाजका सम्मानित व्यक्तित्वहरु राम मगर, बम बहादुर पौडेल, खगेन्द्र बस्नेत, सिब पन्थि, नेत्र थापा, नगेन्द्र भट्टराई, कोपिला कार्कि, कमला योन्जन, शंकर तामाङ, ओम भट्टराई, टिका थापा, डम्बरबहादुर बुडाथोकि पम्फा धिमाल, चन्द्रि देबि धिमाल, मान बहादुर चैहान, खगेस्वर खतिवडा लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.