क्रेजी साप्ताहिक
पथरी । लागुऔषधसहित प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ छन् । भारतको जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागुऔषध ल्याउँदै गर्दा तामाङलाई सोमबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजाले जानकारी दिए ।
उनको साथबाट एभिल ४३, डाइजेल्याब ४३, लुपिजेसिक ४३ र फेनारगन ३ गरेर एक सय ३२ एम्पुल लागुऔषध बरामद भएको छ । तामाङ विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।