प्रेमप्रसाद भटराई(के.डी)
पथरी । सुनाखरी युवा क्लवको आयोजनामा हुन लागेको दोस्रो पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगिता आजबाट शुरु हुने भएको छ । सुनाखरी खेल मैदानमा हुने सो प्रतियोगिताको सवै तयारी सकिसकेको आयोजकले बताएको छ ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरीका ८ वटा क्लवले सहभागीता जनाउने छन् । उद्घाटन खेलमा आयोजक सुनाखरी फुटवल क्लव र योसेक फुटवल क्लव उर्लावारी भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल कार्तिक ६ गते बुधवार हुने छ । ‘पथरीशनिश्चरे परिवार’ हङ्कङ् मुख्य प्रायोजकको रुपमा रहेको सो प्रतियोगिताका विजेताले नगद ८१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन भने उपविजेताले ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।