विश्वका प्रेरणादायी महिलाको सूचीमा नेपाली चेलि बोनिता - Crazysaptahik.com

विश्वका प्रेरणादायी महिलाको सूचीमा नेपाली चेलि बोनिता

क्रेजी साप्ताहिक । विश्वका प्रेरणादायी १ सय महिलाहरुको सुचिमा नेपाली चेली बोनीता शर्माको नाम पनि परेको छ । बीबीसीले हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । विगत वर्षझैं यस वर्ष पनि बीबीसीले सूची सार्वजनिक गरेको छ, जसमा विभिन्न देशका महिलासँगै शर्मा पनि समेटिएकी छन् ।

सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक समेत रहेकी उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ । महिला सशक्तिकरणसँगै पोषण क्षेत्रमा शर्माले पुर्‍याएको योगदानको कदर गर्दै बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई पनि समेटिएको जनाएको छ । बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन् । सुरुमा उनलाई गृहिणी बन्ने चर्को दबाव थियो । तर, आमाको प्रेरणाले डिग्री हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ ।महिला शिक्षाका लागि उनका परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ ।

उनको संस्थाले ‘सोचाइ पोषणका लागि युवा कार्यक्रम’लगायतका अभियान अगाडि बढाउँदै आएको छ । कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न उनले न्युट्रबिड्स डिजाइन गरेको बीबीसीमा उल्लेख गरेको छ । त्यस्तै, आफ्ना बच्चाहरूलाई कसरी पोषणयुक्त खाना खुवाउन सकिन्छ भनेर उनले फलाएको जागरणलाई पनि बीबीसीले उदाहरणीय भनेको छ ।बोनीतासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई पनि बीबीसीले प्रभावशालीको सूचीमा राखेको छ । प्रभाशाली विश्वको पहिलो नम्बरमा प्रिसियस आडम्स परेकी छन् । अमेरिकाकी उनलाई कला क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै पहिलो नम्बरमा राखिएको हो । आइरन लेडी अफ काश्मीरको उपमा पाएकी मानव अधिकारवादी प्रभीना अह्यांगर दोस्रो नम्बरमा छिन् । त्यस्तै, तेस्रो र चौथोमा क्रमशः इटालीकी राजनीतिक पियरा अइलो र क्रिकेटर जस्मिन अक्तर परेका छन् । महिला सशक्तीकरणमा पछि परेको ठानिएको साउदी अरेबियाकी कलाकार मनल अलदोवयन पाँचौमा परेकी छन् ।

सम्बन्धित खवर