क्रेजी साप्ताहिक । आफ्नै ससुराको हत्या आरोपमा मन्थली नगरपालिका गेलुकी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । उनका ससुरा ६५ वर्षीय डिकबहादुर अछामीको हत्याको आरोपमा अछामीलाई पक्राउ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई जाँच गर्दा उनको हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा कान्छी बुहारी पार्वतीले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए । उनले दाउराको चिर्पट प्रहार गरि सुसुराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको यादवले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए ।