पारस खड्का पुगे एसिड पीडित मुस्कानलाई भेट्न - Crazysaptahik.com

पारस खड्का पुगे एसिड पीडित मुस्कानलाई भेट्न


क्रेजी साप्ताहिक
पथरी । क्रिकेटर पारस खड्काले एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई भेट गरेका छन् ।
क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहरा सहितको टोली आज मुस्कानलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका थिए ।

मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले मुस्कान आफूहरु सबैका लागि अनुकरणीय भएको बताए । उनले मुस्कानको मुहारमा सधैं हासो देख्न चाहेको उल्लेख गर्दै एसिड आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

पारसले आफ्नो फेसबूकमा लेखेका छन् ‘यस्ता जघन्य अपराधमा संलनलाई सरकारले कडा कारबाही गर्नुपर्छ, हामी सबै मुस्कानको साथमा छौं’

मुस्कानको उपचारमा सहयोग जुटाउँदै आएका समाजसेवी उज्वलविक्रम थापाले क्रिकेटरहरुलाई मुस्कानसमक्ष पुर्‍याएका थिए । उनले मुस्कानको पीडा भुलाउन विभिन्न सेलिब्रेटीहरुसँग मुस्कानको भेट गराएका छन् । यसअघि मंगलबार मुस्कानलाई भेट्न अभिनेता राजेश हमाल पुगेका थिए ।

सम्बन्धित खवर