मोरङको हर्कपुरमा आगलागी,एक घरमा क्षति - Crazysaptahik.com

मोरङको हर्कपुरमा आगलागी,एक घरमा क्षति

क्रेजी साप्ताहिक
पथरी । मोरङको धनपालथान गाउँपालिका ४ स्थित हर्कपुरस्थित एक घरमा आज आगलागि भएको छ । बैजु ऋषिदेवको टिनको छाना भएको १ तलेको २ कोठे घरमा विधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा भण्डारण गरी राखेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामग्री सहित करिव ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियबासीको सक्रियतामा डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर