ट्राइवेकरमा पथरीलाई हराउंदै पञ्चायन बिजयी - Crazysaptahik.com

ट्राइवेकरमा पथरीलाई हराउंदै पञ्चायन बिजयी

क्रेजी साप्ताहिक
पथरी । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (विहिबार) भएको खेलमा ट्राइवेकरको सहायताले पथरी स्पोटिङ क्लबलाई पराजित गर्दै पन्चायन फुटबल क्लब धरान सुनसरी विजयी भएको छ ।

खेल अवधिभर २ बराबर गोल भएपछि निर्णयको लागि भएको ट्राइवेकरमा पन्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए । पथरीका तर्फबाट सन्तोष न्यौपानेले गोल गरे पनि सुबास तामाङ, मीन धिमालले प्रहार गरेको बलले जाली चुम्न सकेन । यस्तै पथरीका अर्का खेलाडी विशाल पाण्डेले प्रहार गरेको बल धरानको गोल रक्षक निशान राजधामीले सजिलै रोकेका थिए ।

खेल अवधिमा पहिलो हापको २ मिनेटमै पथरीका योगेस तामाङ र २७ औं मिनेटमा विशाल पाण्डेले गोल गरेर आफ्नो टिमलाई २–० गोलको अन्तरले अगाडि बढाएको थिए । दोस्रो हाफ सुरु भएको ६ र ७ औं मिनेटमा धरानका तिर्थ बस्नेतले गोल फर्काउदै खेल बराबरीमा पु¥याए थिए । खेलको म्यान अफ दि म्याच धरानका तिर्थ बस्नेत घोषित भए ।

भोली (शुक्रबार)को खेल शसस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लबले मोरङ बीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले जानकारी दिए ।

सम्बन्धित खवर