खुल्ला नकाउट फुटवल प्रतियोगिता ः एपिएफ झापालाई हराउदै लेटाङ सेमिफाईन प्रवेश - Crazysaptahik.com

खुल्ला नकाउट फुटवल प्रतियोगिता ः एपिएफ झापालाई हराउदै लेटाङ सेमिफाईन प्रवेश


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे खुल्ला नकाउट फुटवल प्रतियोगिताको सेमिफाइनलमा लेटाङ फुटवल क्लव प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा शसस्त्र प्रहरी (एपीएफ) झापालाई टाइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेको हो । खेल अवधिभर गोल रहित बराबरी भएपछी निर्णयको लागि भएको टाइब्रेकरमा ५÷३ गोल अन्तरले लेटाङ विजय हुँदै प्रतियोगिताको सेमिफाइनल प्रवेस गरेको हो ।

टाइब्रेकरमा लेटाङका तर्फबाट मनि राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षक समेत रहेका अंजित श्रेष्ठले गोल गरेका थिए । भने, एपिएफका खेलाडी विशाल मग्राती, युबराज श्रेष्ठ र रोसेस श्रेष्ठले गोल गरेपनी रबिन खडकाले प्रहार गरेको गोलले जानि नचुमेपछि पराजय स्वीकार गर्नु परेको थियो ।खेलको म्यान अफ दि म्याच लेटाङको गोल रक्षक अन्जेत श्रेष्ठ घोषित भए । शनिवारको खेल दमक फुटबल एकेडमी झापा र डाँगिहाट फुटबल क्लब बेलबारी मोरङवीच हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

यस अघिको खेलमा योसेक उर्लाबारी र पञ्चायन फुटबल क्लब सुनसरी प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरिसकेका छन् । ८१ हजार १ सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितीय हुने टोलिले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय पुरस्कारको अलावा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक नवीन ढकालले बताए । प्रतियोगीता पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन भैरहेको छ ।

सम्बन्धित खवर