इजरायलबाट पथरी स्पोर्टिङ क्लबलाई सहयोग - Crazysaptahik.com

इजरायलबाट पथरी स्पोर्टिङ क्लबलाई सहयोग


क्रेजी साप्ताहिक
पथरी । लामो समय देखी फुटबल खेलमा सकृय रहेको पथरी स्पोर्टिङ क्लबलाई खेल सामाग्री सहयोगी उपलब्ध भएको छ । खेल सामाग्री अभावका कारण तालिमका साथै खेल खेल्न समेत समस्या भैरहेको अवस्थामा पथरीशनिश्चरे –३ का सागर लिम्बुले इजरायलबाट खेल सामाग्रीका लागि नगद २५ हजार रुपैया सहयोग गरेका हुन । पथरीशनिश्चरेकै संचारकर्मी गोपाल काफ्लेले फुटवल नभएका कारण तालिम गर्न समस्या रहेको भन्दै सामाजिक संजालमा पोस्ट गरे पछि फुटवल प्रेमीहरुले खेल सामाग्री सहयो गरेका थिए । लिम्बुले २२ थान जर्सी, तालिमका लागि लेडर र फुटवल सहयोग गरेका हुन ।

लिम्बु संगै इजरायलमा रहेका प्रकाश पाहिम र पथरी शनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जय बहादुर तामाङ्गले ३ र ३ थान फुटबल प्रदान गरेका छन् ।सहयोगी हातहरुले उपलब्ध गराएको खेल सामाग्री पथरीमा संचालित दोस्रो पथरीशनिश्चरे खुल्ला नकाउट फुटवल प्रतियोगीताको अवसर पारी हस्तान्तरण गरिएको छ । सहयोग सामाग्री कार्यक्रमकी प्रमुख अतिथी पथरीशनिश्चरे नगरपालीकाकी उप प्रमुख यमुना बिष्ट बास्तोला वडा अध्यक्ष तामाङ्ग, नवराज तुम्बापो र आशा लिम्बुले क्लवका म्यानेजर भिष्म न्यौपाने र कोच दिपक पुलामीलाई हस्तान्तरण गरेका छन् ।

सम्बन्धित खवर