क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीमा भइरहेको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (शनिवार) भएको खेलमा ट्राइब्रेकरमा ४-२ गोल अन्तरले दमक फुटबल एकेडेमी झापालाई पराजित गर्दै डागिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेस गरेको छ । खेल सुरुभएको पहिलो मिनेटमै दमक फुटबल एकेडेमिका खेलाडी अनिल तिम्सिनाले गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएका थिए । दोस्रो हापको अन्तिम २९ औ मिनेटमा डागिहाटका खेलाडी विक्रम तामाङले गोल गरेपछी निर्धा्रित समयमा १ बराबरीमा खेल टुङ्गिएको थियो ।
ट्राइव्रेकरमा डागिहाट मोरङको लागि शङ्कर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए । दमकका लागि सुसन कार्की, किस्मत लिम्बुले गोल गरेपनी अनिश खड्काले प्रहार गरेको गोल पोस बहिरिनुको साथै राजन धिमालले हानेको गोल विपक्ष टिमको रक्षक छिरिङ तामाङले फर्काइदिएका थिए । खेलको म्यान अफ दि म्याच डागिहाटका गोल रक्षक छिरिङ तामाङ घोषित भए ।
भोलि (आइतबार)को पहिलो सेमि फाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए । सेमिफाइनलमा मोरङको लेटाङ, उर्लाबारी, डागिहाट र सुनसरी पन्चायन फुटबल क्लब धरान प्रबेस गरिसकेको छ । प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेभएको छ ।