धादिङको चालिसेमा भेटियो शंकास्पद वस्तु , कुकर बम हुन सक्ने - Crazysaptahik.com

धादिङको चालिसेमा भेटियो शंकास्पद वस्तु , कुकर बम हुन सक्ने

क्रेजी साप्ताहिक
पथरी । धादिङको धुनिबेसी नगरपालिकास्थित चालिसेमा शंकास्पद बस्तु फेला परेको छ । जेब्रा झोलाभित्र राखिएको अवस्थामा सडक कर उठाउने ढाट छेउँमा शंकास्पद वस्तु फेला परेको हो ।

झोलाभित्र प्रेसर कुकर देखिन्छ । त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका सुरक्षाकर्मीको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

सम्बन्धित खवर