रीना बस्नेतको रहस्यमय मृत्युको ६ महिना पुरा, घाइतेले अझै पाएनन् उपचार - Crazysaptahik.com

रीना बस्नेतको रहस्यमय मृत्युको ६ महिना पुरा, घाइतेले अझै पाएनन् उपचार


क्रेजी साप्ताहिक
पथरी । मोरङ पथरीशनिश्चरेकी रीना बस्नेतको रहस्यमय मृत्यु प्रकरणको ६ महिना पुरा भएको छ । घटनाको यत्रो समय वितिसक्दा पनि घाइते भएकाले अझै राम्ररी उपचार गर्न नपाएको गुनासो गरेका छन्। निकै चर्चामा आएको यो घट्नाको अनुसन्धान अनुसार प्रहरीले बस्नेतको आत्महत्या भएको पुष्टी गरेको छ। तर, पथरीका आम व्यापारी र सर्वसाधारणले भने रीनाको हत्या भएको जिकिर गर्दै आएका छन्।

यसैबीच घट्नापछि भएको झडपमा परी घाइते भएका सोम बहादुर (गणेश) विश्वकर्माले अझै राम्रोसँग उपचार गर्न नपाएको गुनासो गरेका छन्। पथरी बजारमै अर्काको सुनचाँदी पसलमा ज्यालामा काम गर्दै आएका पथरीशनिश्चरे ७ निवासी विश्वकर्मा आफूले राम्रोसँग उपचार नपाएको गुनासो गरेका छन्। रीना मृत्यु पछि आन्दोलनमा गएका उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्याँसको खोकाले घुँडामा ठूलो चोट लागेको छ। ‘न त बसेर दिनभरी काम गर्न सक्छु, न त काम नगरी खान नै पुग्छ’, उनले भने, ‘स्वस्थ्य हुँदा दिनमा १ हजार देखि १५ सयसम्म कमाइ हुन्थ्यो अहिले बल्लतल्ल ३(४ सय कमाइ हुन्छ।’ सोमबाहदुरका अनुसार रीना प्रकरणको सत्य तथ्य छानबिन गर्न दवाद दिन बनेको संघर्ष समिति र पथरी उद्योग बाणिज्य संघले संयुक्त रुपमा पथरीका व्यावसायीलाई पसल बन्द गरेर आन्दोलनमा उत्रन उर्दि गरेको थियो। सोही कार्यक्रम अनुसार उपमेयरसहितको टोली प्रहरीमा गएको र इलाका प्रहरी कार्यालय पथरीमा घटनाका बारेमा निश्पक्ष छानबिन गर्ने सल्लाह भएपछि जाँतेमोडमा आइपुग्दा प्रहरीले अश्रुग्याँस हानेको थियो। प्रहरीले प्रहार गरेको अश्रुग्याँसको खोकाले सोमबहादुरको घुँडामा चोट लागेको थियो।

तत्काल पथरीको मोरङ हस्पिटलमा उपचार गराएर विराटनगरस्थित नोबेल मेडिकल कलेजमा रिफर गरिएको थियो। नोबेलमा एक्सरे गरेर समेत हेर्दा अन्य चोट नदेखिएको र घुँडाको उपचार गरेर फर्किएको सोमबहादुरको भनाइ छ। सोही खुट्टा दुख्ने र काम गर्नै नसक्ने भएपछि पुनः नोवेल पुग्दा अश्रुग्याँसको खोकाले लागेको चोटका कारण एउटा नसामा ब्लड जमेको रहेछ। दिनको ३५ सय बराबरका २ वटा सुई ६ महिना लगाउनुपर्ने डाक्टरले सल्लाह दिए। आफूसँग भएरभरको जोरजाम गरेर १ लाखसम्मको उपचार गराए। तर, पैसा अभावमा बाँकी उपचार गर्न नपाएको उनले गुनासो गरेका छन्। ‘पैसा नभएपछि दुखाइ कम गर्ने औषधि खाएर बस्दै आएको छु’, सोमबहादुरले भने, ‘अहिले नगरपालिकाले २१ हजार सहयोग गरेको छ। उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने आश्वासन मात्र दिएको छ, अरूको सहयोग पाए उपचार हुन्थ्यो कि।’

सम्बन्धित खवर