किरात नामकरणको लागि यायोक्खाले थाल्यो प्रशिक्षण, सरोकारवाला संगठनहरुसँग वार्ता पनि सँगसगै गर्ने - Crazysaptahik.com

किरात नामकरणको लागि यायोक्खाले थाल्यो प्रशिक्षण, सरोकारवाला संगठनहरुसँग वार्ता पनि सँगसगै गर्ने


क्रेजी साप्ताहिक

प्रदेश १ को नाम किरात राख्न विभिन्न अभियान सन्चालन गर्दै आएको किरात राई यायोक्खाले आगामी हिउँदे अधिबेशनलाई मध्य नजर गर्दै देश ब्यापी प्रशिक्षण थालेको छ । यायोक्खाको संगठन विभागको आयोजनामा सांगठन सुदृढिकरण र क्षमता अभिवृद्धिको नाममा यो अभियान सन्चालान भएको हो । यहि अभियान स्वरुप शनिवार (कार्तिक २)काठमाण्डौ जिल्लामा प्रशिक्षण भएको हो ।आगामी हिउँदे अधिवेशनमा प्रदेश १ को नामकरण बारे छलफल हुने संभावनालाई ख्याल गर्दै प्रशिक्षण सुरु गरको संगठन बिभाग प्रमुख समेत रहेका उपमहासचिव भीम राईले बताए ।

काठमाडौमा भएको प्रशिक्षणमा संगठनको संरचना र किरात प्रदेश अभियानको कार्ययोजना विषयमा उपमहासचिव भीम राई, आर्थिक योजना सम्बन्धी सहकोषाध्यक्ष पर्शुराम राई, संस्कार संस्कृती र धर्म बारेमा किरात प्रज्ञापरिषदका कुलपति जयकुमार राईले प्रशिक्षण दिएका थिए । त्यसैगरी भाषा, लिपी विषयमा डा. तारामणी राई, मुन्दुम सम्बन्धि भोगिराज चाम्लिङ र १ नम्बर प्रदेश किरात प्रदेश अभियान विषयमा किरायाका पूर्व उपाध्यक्ष दुर्गा राईले प्रशिक्षण दिएका थिए । कार्यक्रमको ब्यबस्थापनसमेत गरेका यायोक्खा काठमाडौको अध्यक्ष प्रमिला राईले केन्द्रीय समितिले आन्दोलन घोषणा गरे सशक्त रुपमा सहभागी हुने प्रतिवद्दता ब्यक्त गरेका छन ।

यो अभियान कार्तिकमा उपत्यका र मंसिरमा १ नम्बर प्रदेशको जिल्लाहुँदै गाउँगाउँसम्म लाने योजना रहेको यायोक्खा महासचिव जनक राईले बताए । यहि कार्यक्रम असोज ११ गते यायोक्खा केन्द्रीय अध्यक्ष दिवास राईको उपस्थितिमा भएको थियो । कार्तिक भर उपत्यका र मंसिरमा प्रदेश नं. १ भरिनै प्रशिक्षण गरि आवश्यक परे आन्दोलनमा उतार्ने योजना रहेको यायोक्खा महासचिव जनक राईले बताए । प्रशिक्षण कार्यक्रम जिल्लाहुँदै गाउँगाउँसम्म सञ्चालन गरिने उपमहासचिव भीम राईले बताए । यता यायोक्खाको किरात प्रदेश उप समितिले आगामी पुसमा सुरुहुने हिउँदे अधिवेशनलाई मध्य नजर गरेर प्रदेशको नामसँग सरोकार राख्ने राजनीतिक दल, सामाजिक संस्थाहरुसँग वार्ता गर्ने यायोक्खा उपाध्यक्ष तथा समितिको संयोजक तिलक प्रसाद राईले बताए ।

प्रदेश १ को सभामा नामकरणको छलफल सुरु भएपछि आन्दोलनको प्रचारको लागि यायोक्खा प्रचार विभागले समेत तयारी गरिरहेको प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए । यायोक्खाले किरात कुनै एउटा जाती नभएर भूगोल, इतिहास, सभ्यता, काल र संस्कृति भएको कारण किरात सबैभन्दा साझा पहिचानको नाम हुने तर्क राख्दै आएको छ ।

सम्बन्धित खवर