'साधारणसभाको तयारी पूरा भएको छ' - Crazysaptahik.com

‘साधारणसभाको तयारी पूरा भएको छ’


केबी गुरुङ, अध्यक्ष
शान्ति सामुदायिक वन उपभोक्ता समूह
पथरीशनिश्चरे–१, मोरङ

पथरीशनिश्चरेमा अवस्थित ११ वटा सामुदायिक वन मध्ये शान्ति सामुदायिक वनले भने आफ्नो छुट्टै छाप स्थानीय स्तरमा बनाइरहनु प्रयत्न गरिरहेको छ । वन संरक्षण र सम्वद्र्धन संगसंगै पर्यटनलाई शान्ति वनले आफ्नो मुख्य आम्दानीको स्रोतको रुपमा विकास गर्दै लगेको छ ।

हाल शान्ति वने साधारणसभाको संघारमा रहेको छ । यस वनमा भइरहेका गतिविधिका बारे अध्यक्ष कुलबहादुर गुरुङसंग गरिएको संवाद :-

हाल के मा व्यस्त हुनुहुन्छ ?
– अहिले पछिल्लो समय वनको आफ्नो ९ औं निर्वाचन अधिवेशन तथा साधारणसभा नजिकै आउदैछ । साधारणसभाका लागि आवश्यक प्रतिवेदन, छलफल यस्तै यस्तै लगभग तयारी पूरा भइसकेको छ । साधारणसभासंगै वनको नियमित काम, पर्यटकीय क्षेत्रको व्यवस्थापन, नयाँ बन्दै गरेका संरचना सबै कुरामा ध्यान दिनुपर्छ । मेरो दैनिकी यसरी नै बित्ने गरेको छ ।

साधारणसभाको तयारी कस्तो छ ?

– भोलिदेखि यो साधारणसभा मात्रै नभएर चुनावी साधारणसभा अर्थात् निर्वाचन अधिवेशन पनि हो । यसरी हेर्दा हरु समय भन्दा अलिक वढी तयारी त गर्नु पर्छ नै । नियमित रुपमा बनाउनुपर्ने प्रतिवेदन, आगामी योजना तथा कार्यक्रमहरु त लगभग तयारी हुने क्रममा छन् । निर्वाचन सहितको साधारणसभा भएकाले नयाँ जिम्मेवारी, पुराना साथिहरुको सोचाइ के छ रु आम उपभोक्ताहरुको विचार के छ रु सबै कुरामा ध्यान दिनुपरेको छ । अध्यक्षको नाताले पनि मैले धेरै जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ नै त्यसको अलावा पनि साथीहरुसंगको छलफल, व्यवस्थापनका कुरा, जिम्मेवारी बाँडफाँड गर्ने कुरा, यस्तै यस्तै छ अहिलेको तयारी ।

निर्वाचन सहितको साधारणसभा रहेछ, तपाइको पनि उम्मेद्वारी रहन्छ नि ?
–पहिलो कुरा त मैले एक कार्यकाल अध्यक्ष पदमा जिम्मेवारी वहन गरिसकेको छु । यो अवधिमा कति समय सिक्ने क्रममा नै व्यतित भए भने जे जति भएता पनि काम गर्ने अवधी पनि रहयो । छोटो अवधिमा थुप्रै कामहरु गरेका छौँ र संगै अनुभव पनि लिएका छौँ । अब मैले अहिले नै मेरो उम्मेद्वारी घोषणा गर्ने समय भएको छैन । हामी अझैपनि साधारणसभालाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा नै केन्द्रीत छौँ । अब सल्लाह गर्दा नयाँ साथीहरुको चासो र आकांक्षा पनि उत्तिकै छ । यदि सबै साथिहरुको साथ र सहयोग भएको खण्डमा पूनः दोस्रो कार्यकालका लागि पनि अध्यक्ष पदमा रहने सोच बनाएको छु । हामी सल्लाहकै क्रममा छौँ । सक्षम साथीहरु आएको खण्डमा जिम्मेवारी दिनुपनि पर्छ भन्ने लाग्छ । अहिले नै मेरो उम्मेद्वारी नै घोषणा भने भएको छैन । कार्तिक ४ गतेको साधारणसभापछि यो सबैकुराको टुङ्गो लाग्ने छ ।

पर्यटनका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ, के– के गर्नुभयो शान्ति सामुदायिकले पर्यटनको क्षेत्रमा ?
– हाम्रो मुख्य उद्देश्य भनेको नै पर्यापर्यटनलाई अगाडि बढाउदै वन नियम अनुसार वन संरक्षण र सम्बद्र्धन गर्ने हो । शान्ति सामुदायिक वनले छोटो समयमा नै शान्ति भुल्के सिमसार निर्माण गरी संचालनमा ल्याएको छ । सो सिमसारमा अहिले पूर्वका अधिकांश मानिसहरुको जमघट हुने गरेको छ, घुम्न, विदा मनाउन, गर्मी छल्न आउने क्रम रहेको छ ।

– रातोकलमबाट

सम्बन्धित खवर