हुण्डी कारोबारी एक जना पक्राउ - Crazysaptahik.com

हुण्डी कारोबारी एक जना पक्राउ

क्रेजी साप्ताहिक
पथरी । हुण्डी कारोवारको अवैद्य रकमसहित प्रहरीले विराटनगर महानगरपालिका–७ भाटभटेनीस्थित एक्सेल बैंक अगाडिबाट एक जनालाई पक्राउ गरेको छ । आइतवार साँझ गोप्य सूचनाका आधारमा विराटनगर–१५ का ४९ वर्षीय विनोदप्रसाद साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । साहका साथबाट सात लाख १८ हजार आठ सय ६० नेपाली रुपैयाँ बरामद भएको जानकारी उनले दिए ।

शंकास्पद रुपमा हिंडिरहेका बेला पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथमा ठूलो परिणाममा नेपाली रुपैयाँ फेला परेको थियो । साहले बोकेको रकमको स्रोत नखुलेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी खिँउजुको भनाइ छ । साहलाई आवश्यक कारबाहीका लागि प्रहरीले सोमबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

सम्बन्धित खवर