चर्चित ‘लाइफ ड्यामेज’ बाबाको यसरी भयो ‘लाइफ म्यानेज’ - Crazysaptahik.com

चर्चित ‘लाइफ ड्यामेज’ बाबाको यसरी भयो ‘लाइफ म्यानेज’


क्रेजी साप्ताहिक
पथरी । फेसबुक, युट्युब लगायत विभिन्न समाजिक संजालहरुमा पछिल्लो समय भाइरल बन्दै आएका अघोरी बाबाले अन्ततः बिवाह गरेका छन् । कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् । आफ्नो मन मिल्ने जीवनसाथी पाएको भन्दै दुवै जनाले एकसाथ खुसी समेत व्यक्त गरेका छन् ।

भाइरल बाबा ‘लाइफ ड्यामेज’ले अनलाईनहरुलाई दिएको अन्र्तवार्तामा उनले आफु बैवाहिक बन्धनमा बाँधिएको जानकारी गराएका छन् । हाल चितवनमा रहेका उनले नारायणी गंगालाई साक्षि राखी सात जुनिसम्म साथ नछोड्ने भन्दै कसम खाईरहेको भिडियोमा देख्न सकिन्छ । ‘लाइफ ड्यामेज’ भन्दै युवा माझ चर्चित बाबाले विवाह गरेको भन्दै सिन्दुर लगाकी आफ्नी जिवनसाथीलाई पनि सार्वजनिक गरेका छन् । अवको बाँकि जिवन आफुहरु दुःख सुखकासाथ काट्न तयार रहेको बताउदै आफुहरु एक भएको उनीहरुले बताएका छन् ।

परिवार, समाज परिवर्तनमा आफुहरुको बिवाह उदाहरण बन्ने भन्दै समाजमा गलत काम गर्नेहरुमाथी आफ्नो विवाहले शिक्षा दिने पनि दम्पतीको भनाई रहेको छ । आफ्नो डयामेज भएको लाईफ म्यानेज भएको पनि बाबाले बताएका छन् ।

सम्बन्धित खवर