यौनजन्य गतिविधी गरेको आरोपमा ७ जना पक्राउ - Crazysaptahik.com

यौनजन्य गतिविधी गरेको आरोपमा ७ जना पक्राउ

क्रेजी साप्ताहिक ।

यौनजन्य गतिविधि गरेको आरोपमा धरानको झरना सेकुवा कर्नरबाट प्रहरीले तीन जोडीसहित सञ्चालिका पक्राउ परेका छन् । धरान–१३ लक्ष्मीचोकमा सोनी गुरुङले सञ्चालनमा ल्याएको झरना सेकुवा कर्नरबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । झरनाले घर नै भाडामा लिएर तीन वटा कोठामा अवैध गतिविधि गरेको प्रहरीले जनाएको छ ।

स्थानीयहरूका अनुसार सञ्चालिकाले २ तलाकै घर भाडामा लिएको हुनाले अन्य यौ नजन्य अनैतिक गतिविधि पनि हुने गरेको थियो । घरको माथिल्लो कोठामा जोडीहरु आउथे, र आफ्नो यौ न प्यास मेटाएर जान्थे । बाक्लै गरी जोडीहरु आउन थालेपछि स्थानीयले प्रहरीमा पटक पटक गुनासो गरेका थिए । सोमबार दिउँसो ४ बजेतिर प्रहरीले सेकुवा कर्नरमा पुग्यो । माथिल्लो तलाको कोठामा छापा मार्दा ३ जोडी भेटिए । पक्राउ परेकाहरु युवाहरु धरानबाहिरका छन् भने युवतीहरु धरान क्षेत्रकै हुन् । युवाहरुलाई सेकुवा कर्नरकी सञ्चालिकाले कन्ट्याक्टमा ल्याइदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाईछ ।

सम्बन्धित खवर