विचविचमा’ गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा - Crazysaptahik.com

विचविचमा’ गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा


क्रेजी साप्ताहिक
पथरी । चर्चित गित ‘वित विचमा’ का गायक दुर्गेश थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । देउसी गीत बिगारेर त्यसमार्फत ’गाँजा’लाई प्रवर्द्धन गरेको र सामाजिक सहिष्णुतामा खलल पुर्‍याएको आरोप मा गायक थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गायक थापासँग सो गीत बारे सोधपुछ भइरहेको र आपत्तिजनक शब्द प्रयोग भएको गीत सामाजिक सञ्जालबाट हटाएर छोडिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उक्त गीतमा, धुम्रपान, मादक पदार्थ, गाँजा सेवन गरेर तिहार मनाइन्छ भन्ने भावका शब्दहरुको प्रयोग भएको छ । तिहारलाई लक्षित गरेर दुर्गेशले सार्वजनिक गरेको नयाँ गीतलाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले महाशालालाई थापाको गीत बारे अनुसन्धान गरेर प्रचलित कानुन अनुसार कारवाही गर्न आदेश दिएपछि प्रहरीले थापालाई बोलाएर नियन्त्रणमा लिएको हो।

सम्बन्धित खवर