पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगिता ः उपाधिको लागि लेटाङ र डाँगीहाट भिँड्ने - Crazysaptahik.com

पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगिता ः उपाधिको लागि लेटाङ र डाँगीहाट भिँड्ने


क्रेजी साप्ताहिक
पथरी । मोरङ मोरङको पथरीशनिशचरेमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि (बुधबार) हुदैछ । डाँगीहाट फुटबल क्लबले सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पञ्चायन फुटबल क्लब सुनसरीलाई पराजित गरेसँगैे फाइनल यात्रा तय गरेको हो । उस्ले लेटाङ फुटबल क्लबसँग फाइनल खेल्नुपर्नेछ ।

अन्तिम सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लब मोरङले पञ्चायन फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । खेलमा दोस्रो हाफको २२ औ मिनेटमा डाँगीहाटका अरुण लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच डाँगीहाट फुटबल क्लब मोरङको खेलाडी मिलन परियार घोषित भए । प्रतियोगिताको विजेताले ८१ हजार, १११ र उपविजेताले ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । आज योसेक महिला फुटबल टिम उर्लाबारी र पथरी शनिश्चरे नगरको महिला टिम तथा पत्रकार र आयोजकवीच मैत्रीपूर्ण खेल हुने आयोजक सुनाखरी युवा क्लबले जानकारी दिएको छ ।

सम्बन्धित खवर