क्रेजी साप्ताहिक
पथरी । श्रीमान सँगको झगडाका कारण सुनसरीको धरानकी एक महिलाले आफ्नै शरिरमा तारपिनको तेल हालेर आगो लगाएकी छिन ।
धरान १६ की ३८ बर्षिय मिरा राईले आफ्नो श्रीमान सँगको सामान्य विवादमा आगो लगाई आत्महत्याको प्रयास गरेकी हुन । घरमा भएको विवादको क्रममा आगो लगाई रहेको अवस्थामा श्रीमानलेनै देखेपछि धरान स्थित वीपी काईराला विज्ञान प्रतिष्ठान धरान लगेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । घाईते राई सामान्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।