क्रेजी साप्ताािहक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले नगरका मासु पसल सञ्चालकका लागि आजबाट ३ दिने मासु पसल सुधार तालिम सुरु गरेको छ ।वडा नम्वर ४ को हलमा आयोजित ‘बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम’को एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राईले उद्घाटन् गरेका छन् ।
उद्घाटन मन्तव्यका क्रममा बोल्दै नगर प्रमुख राईले नगरका मासु पसल सञ्चालकले स्वस्थ मासु विक्री वितरणका लागि ज्यादै ध्यान पुर्याउदै मापदण्ड पुरा गर्न आवश्यक रहेको बताए । वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको अध्यक्षतामा उद्घघाटित तालिममा नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालका साथै सोही विषय विज्ञ कर्मचारीहरु गणेश शिवाकोटी, पर्वत शाह र गुणराज थापाले सहजिकरण गरेका थिए । प्रत्येक वडाका ३ जनाका दरले ३० जना मासु पसल सञ्चालकको सहभागिता रहेको छ ।