आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्मालाई - Crazysaptahik.com

आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्मालाई


क्रेजी साप्ताहिक । आईएमई लोकस्टार पहिलो सिजनको उपाधि सनी विश्वकर्माले जितेका छन् । लोक स्टारको फाइनल राउण्डका तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । विश्वकर्माले लोकस्टारको उपाधिसँगै नगद ५० लाख रुपैयाँ र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार समेत जिते ।

त्यस्तै चेतन गोतामे रनर अप बने भने सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनिहरुले क्रमस २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा र १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् । त्यस्तै पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जितेका छन् ।

सम्बन्धित खवर