¥यापर भिटेन जमानिमा छुटे - Crazysaptahik.com

¥यापर भिटेन जमानिमा छुटे


क्रेजी साप्ताहिक
। भिटेन नामले चर्चित ‍¥यापर समिर घिसिङ रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरले घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो । भाइटीकाको भोलिपल्ट हाजिर हुन भनि शmुक्रबार साँझ उनलाई छाडिएको ललितपुर प्रहरीले जनाएको छ ।

‘हामी यस्तै त हो नि ब्रो‘’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेलगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो । उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी थियो । तर बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेकाले छाडिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर