विश्व शान्तिको लागि र्याली - Crazysaptahik.com

विश्व शान्तिको लागि र्याली


क्रेजी साप्ताहिक
पथरी । २१ दिने विश्वशान्तिपूजाको अन्तिम दिन शुक्रबार मोरङको पथरीशनिश्चरे १० मा रहेको ओँम सिंयार जम्मुलिङ बज्र गुम्बामा शान्ति ¥याली गरिएको छ । १  सय ११ लामा गुरु,आनीहरु साथै श्रदालु भक्तजनहरुको उपस्थिीतीमा नगरपरिक्रमा गरिएको हो । नगरपरिक्रमा गर्ने क्रममा नगरबासिले धर्म गुरुहरुलाई भिक्षाटन पनि गरेका थिए ।

आयोजक समितिका अध्यक्षले मानवीय सुख, शान्तिको नाममा बलि भोग दिदा पाप लाग्ने कुरा चेतना जगाउने साथै कार्तिक महिनामा दान गरे पुण्य मिल्ने भएकाले ¥यालीको आयोजना गरिएको बताए । लोभ, क्रोध, मोहबाट मुक्त भए बुद्धत्व लाभ गर्न सकिने र एक महिनाको कक्षाबाट पनि  धेरै  ज्ञान लिन सकिने नेपाल लामा घेदुनका अध्यक्ष गुरु पाल्देन लामा योञ्जनले बताएका छन् ।
नेपाल तामाङ लामा घेदुन संघीय कार्यालयको आयोजना तथा गुम्बाको ब्यबस्थापनमा १ महिने कार्यक्रम आयोजना भएको थियो ।

सम्बन्धित खवर