एभरेष्टको देउसीेमा बालन र संगीनी - Crazysaptahik.com

एभरेष्टको देउसीेमा बालन र संगीनी


क्रेजी साप्ताहिक
पथरी । दिपावलीको अवसरमा मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पूर्वमै सक्रिय एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मौलिक लोपोन्मुख संस्कृति संरक्षणको सन्देश दिँदै बालन र संगीनी सहितको ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

पहिलो दिन वडानम्बर ३ को पिपल चोकबाट सोही वडाको भूवनेश्वर पोखरेलको अगुवाईमा पाभीभरा भजन किर्तन मण्डलीले बालन, खैंजडी र राधिका घिमिरेको अगुवाईमा पिपलचोक संगीनी समूहले संगीनी प्रस्तुत गरेर संस्कृति संरक्षणको सन्देश प्रवाह गरेको छ । त्यहाँ वडा सदस्य देवीप्रसाद घिमिरेको अगुवाईमा देउसी तथा गीत र नृत्य समेत प्रस्तुत गरेर मौलिकता संरक्षणमा थप प्रोत्साहित गरिएको छ ।

त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक, १ नम्वरको मन्दिर लाईन र लोकतान्त्रिक चोकमा गीत, नृत्य, बालन, खैंजडी, कविता, गजल, मुक्तक सहितको सृजनात्मक कार्यक्रम प्रस्तुत भएको संस्थाका अध्यक्ष षडानन्द सुवेदी निश्चलले बताउनु भएको छ ।

 

कार्यक्रममा, भूपेन्द्र तिम्सिना, कृष्णप्रसाद अधिकारी, दिपक दियालो, राजेन्द्र विवश सहितले आफ्ना रचना समेत प्रस्तुत गर्नुभयो ।

सो कार्यक्रमको सामुहिक मौलिक नृत्यमा सहभागि भइसकेपछि पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले यसखाले सृजनात्मक देउसीले मौलिक संस्कृति जोगाउनुका साथै युवाहरुलाई सृजनशील बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर