
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी नगरपालिकाका वडा नम्वर १० जिरिखिम्तीमा अवस्थित पूर्वपश्चिम मुख्य सडक दक्षिणको डाँस खोला नजिकको सडकमा एकतर्फी ड्रेन (रिटेनिङ वाल) निर्माण कार्यको शनिबार शिलान्यास भएको छ ।
१० नम्वर वडाकी कार्यवाहक अध्यक्ष मैनादेवी फूयँल आचार्य र वडा सदस्य अनोज घिमिरेले निर्माण कार्यको शिलान्यास गर्नुभयो ।
वडा कार्यालयको ७ लाख रुपैयाँ लागतमा दीपक राईको घर दक्षिणको सडकको दुवै किनारामा रिटेनिङ वालका रुपमा एकतर्फी ड्रेन निर्माण कार्य सुरु गरिएको उपभोक्ता समिति अध्यक्ष गणेश कटुवालले बताउनुभयो ।

