'न्याय सम्पादनमा अफ्ठ्यारो परेका समस्यालाई हामीले चिरेका छौं' - Crazysaptahik.com

‘न्याय सम्पादनमा अफ्ठ्यारो परेका समस्यालाई हामीले चिरेका छौं’

–  यमुना विष्ट बास्तोला, उपप्रमुख
पथरी–शनिश्चरे नगरपालिका, मोरङ, प्रदेश नं. १

साहसी, हक्की–निडर, लगनशील, जुझारु र हंसमुख चेहराकी पूर्ण हुनुहुन्छ, पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोला । जनताको काममा अहोरात्र खटिनुहुने बास्तोला क्रियाशील जनताप्रतिको उत्तरदायित्वको पर्याय बन्नुभएको छ । नगरको उन्नयन र विकासमा निरन्तर सक्रियतापूर्वक लगाब राख्नुहुन्छ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना कहर कोभिड–१९ का बेला रातोदिन पनि नभनी खटिने बास्तोला जनताको मन जित्न सफल बन्नुभएको छ ।

नगरको अनुगमनको जिम्मेवारी पाउनुभएकी बास्तोलाले प्रभावकारी अनुगमनलाई निरन्तरता दिनुभएको छ । न्यायिक समितिको संयोजक रहेर निरन्तर सम्पादनमा जिल्लाकै यो नगरपालिका मुद्दा फस्र्यौट गर्न सिपालु बास्तोला सर्वाधिक लोकप्रिय बन्नुभएको छ । आफ्नो ३ वर्षको अवधिमा धेरै कार्यहरु सम्पादन गरिसक्नुभएको छ । यही सन्दर्भको सेरोफेरोमा रहेर भूमि प्रसाद पाठकले तयार पारेको संवादका मुख्य अंशहरू :–

उपप्रमुखज्यू, यहाले पदीय जिम्मेवारी कसरी पूरा गर्दैहुनुहन्छ ?
– मेरो पदीय जिम्मेवारी आफ्नो अधिकार क्षेत्रभित्र रहेर प्रत्याभूत गरेको छु । यसमा अझ माथि उठेर आवाजविहिनका आवाज बन्नेलाई पहुंच विनाको पहँचसम्म पुर्याउने कार्य गरिरहेको छु । जो हाम्रो समाजमा एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति मेरो दिलोज्यानले भ्याएसम्म सहयोग गरिरहेको छु । त्यसमा विश्वव्यासी रुपमा फैलिएको कोभिड–१९ आफ्नो नगरभित्रका जनताको सुरक्षाको निम्ति अत्रोरात्र नभनीकन खटिरहेको छु । यसरी नै मेरो पदीय जिम्मेवारीलाई इमान्दारी र निष्ठापूर्वक पूरा गरिरहेका छु ।

सामाजिक सुरक्षाका बिषयमा तपाईको नगरपालिकामा के–कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ?
– हेर्नुस् ! समाजमा सुरक्षा दिनका लागि कतै केही घटना घट्यो, घट्नेवाला छ, अथवा, विकृति फैलाउँदै छन् भन्ने जानकारी हुन साथ स्थानीय प्रहरी, प्रशासन, जनप्रतिनिधिहरु हामी अहोरात्र खटेर पर्खालको काम गरिरहेका छौं । यसमा हामीले आवश्यकता अनुसार नगरपालिकाले नीति–निर्माण गरेर अघि बढेका छांै । जनताको समस्या के छ ? कसरी समाधान गर्नुपर्ने हो ? भन्नेबारे सबैको सल्लाहमा नीति बनाएर अघि बढेकाले सञ्चालित कार्यक्रमहरू सफल भएका हुन् । खासगरी महिलालाई सीपमूलक तालिम, आयआर्जन गर्न सकिने विभिन्न सीप र बुटिक तालिम सञ्चालन गरेर आत्मनिर्भर बन्न क्षमता बढाउने काम गर्दै आएका छांै । नगरपालिकाले नै युवाहरुको क्षमता वृद्धि गरेर स्थानीयस्तरमै रोजगारीको सृजना गर्ने गरी कार्ययोजना अघि बढाएका छौं ।

करिव ३ बर्षको अवधिमा आफैंले आफैलाई मूल्याङ्कन गर्नुपर्दा कसरी गर्नुहन्छु ?
– ३ वर्षको अवधि भित्र गरिएका कार्यहरुमा म ज्यादै सन्तुष्ट छु । आफंैले गरेका कामहरुप्रति जनताको कतै गुनासो छैन । आफंैले गरेका कामहरु आफैंलाई सन्तुष्ट लाग्ने गरेको छ । यसमा संघीयताको पहिलो अभ्यासमा हामी जनप्रतिनिधि त्यसमा हामी उपप्रमुख हौं । विभिन्न समितिहरुको संयोजक रहेर कार्य सम्पादन गर्ने अवसर प्राप्त भएको छ । त्यसमा हामी सिकाइमा क्रममा छौं, आफूले पक्कै पनि रामै गरेको छु भन्ने आत्मसन्तुष्टि मिलेको छ । जनताको मायाले दिएको जिम्मेवारी पूरा गर्न अभिभावक बनेर काम गर्ने व्यक्ति जस्तै आफूलाई मूल्याङकन गरिरहेकी छु ।

तपाई न्यायिक समितिको संयोजक हुनुहुन्छ, न्याय सम्पादन गर्न केही समस्या हुने गरेको छ ?
– म न्यायिक समितिको संयोजकको हैसियतले काम गरिरहँदा धेरै कठिनाइ र बाधा नआएका पनि होइनन् । तर, कतिपय ती कठिनाईलाई चिर्दै ‘न्याय नमरोस्’ भन्ने उद्देश्यका साथ काम गरिरहेका छांै । धेरै निम्न वर्ग र पहँच विनाका, आवजविहिनका व्यक्तिका न्याय दिइरहँदा आत्मसन्तुष्टि हुनु पनि हो । यसमा न्याय सम्पादनमा अफ्ठ्यारो परेका समस्यालाई हामीले चिरेका छौं ।

के–कस्ता खालका मुद्दा तथा समस्याहरू तपाईको न्याय समितिमा आउने गरेको छ ?
– हेर्नुस् पत्रकार भाइ ! अहिले विगत ३ वर्षदेखि फरक प्रकृतिका मुद्दाहरु आइरहेका छन् । त्यसमा जस्तै ( जेष्ठ नागरिकलाई जिउनी राखेको आफ्नै सन्तानले नदिएको, आफ्नै नाममा जग्गा पास गरे पश्चात् घर निकाला गरेको, पालनपोषण नगरेको, अपशब्द बोलेको जस्ता अलि बढी आउन थालेको छ । अन्य मुद्दाहरू त सधैंको जस्तै यथावत हँुदै आएका छन् ।

मुद्दाको आदेश/फैसलाको कार्यान्वयन पक्ष कस्तो छ ?
– हाम्रो न्यायिक समितिले १३ वटा मुद्दाहरू फैसला गर्ने संवैधानिक अधिकार छ । हामीले अहिलेसम्म, हामी न्यायिक समितिले १४ सय भन्दा माथि मुद्दाहरु मेलमिलापका आधारमा मिलाएका छांै । यसमा दुई पक्षलाई सन्तुष्टि हुनेगरेको छ । फैसला भएका मुद्दाहरु पुनः दोहोरिएर आएका छैनन् । यसले गर्दा न्यायिक समितिको कामबाट पीडितहरु सन्तुष्ट छन् भन्ने लाग्छ ।

यस नगरपालिकाले महिला सशक्तीकरणका लागि के–कस्ता नीति तथा कार्यक्रम समेटिएका छन् ?
– महिलाहरुका लागि संवैधानिक अधिकार प्राप्त भएता पनि कार्यान्वयन हुन सकिरहेको छैन । कार्यान्वयन हुन केही समय लाग्छ । त्यसका लागि हामीले बुलन्द आवाज उठाइरहेका छौं । साँच्चै नै महिलाहरु आवाजले पितृसत्तात्मक सोचमा कारण गहिरो जरा गाडेर बसेको अझै यो पितृसत्तात्मक समाजलाई तोडन् केही समय त पक्कै लाग्छ । अनि मात्र हामीले हाम्रो महिलाहरुको संवैधानिक अधिकार पूर्णरुपले प्राप्त गर्नेछौं ।

बजार, बाटोघाटो, पुल–पुलेसा अनुगमनको जिम्मेवारी कसरी निर्वाह गरिरहनु भएको छ ?
– बजार, बाटोघाटो, भौतिक संरचना, पुल–पुलेसा अनुगमन गरिरहँदा त्यति सन्तुष्टि प्राप्त चाहिँ छैनांै । विगतका दिनहरु भन्दा अहिले २ वर्ष अघि केही सुधार भएकै छ । तर, यो सुधार गर्नका लागि अझ शतप्रतिशत सुधार गर्नका लागि स्थानीय जनसमुुदाय सम्बन्धित वडाका जनप्रतिनिधि सम्बन्धित प्राविधिक तथा कर्मचारीहरुले राष्ट्रको माया गर्ने उद्देश्य राखे मात्र शतप्रतिशत कार्य सम्पन्न हुनेगर्दछ ।

तपाई अपाङ्गता भएका व्यक्तिका घरमा पुगेको समाचार पनि बाहिर आएको छ, नि ? त्यहा“ गएर के–काम गर्दै हुनुहुन्छ त ?
– अपाङ्ग भएका मानिस पनि यो राज्यका मानिस नै हुन । हामीले उहाँहरुलाई उत्तिकै सम्मान गर्न आवश्यक छ । अपाङ्गता भएका व्यक्ति जो अर्काको साहारा विना उठ्न खान सक्दैनन् यस्ता व्यक्तिलाई डाक्टर सहितको टोली लिएर जान्छांै । वहाँलाई के आवश्यकता छ, वहाँलाई
राज्यबाट पाउने सुविधा प्राप्त भइरहेको छ , कि छैन त्यसमा ‘अन द स्पोट’ मा हामीले कार्ड बनाइदिन्छांै । वहाँ खाँदै गरेको औषधिरु के आवश्यकता छ, कि छैन, यदि छैन भने नगरपालिकाका तर्फबाट दिने व्यवस्थापन गरेका छौं । यदि त्यहाँ नभए प्रदेश नं १ को सहकारी अस्पताल सम्बिन्धत ठाउँमा समन्वय गरी निस्शुल्क गर्नुपर्ने आवश्यता देखिएमा समन्वय गरी आवश्यकता अनुसार औषधी उपचार गर्नेछौं ।

सार्वजानिक कार्यक्रममा कतिको व्यस्त हुनपर्छ ? जसका कारण कार्यालयमा बसेर काममा बाधा–अवरोध पुगेको महसुस गर्नुभएको छ कि छैन ?
– उपप्रमुखको काम चाहिँ सार्वजानिक स्थल मात्रै बढी काम परेको हुन्छ । विभिन्न अनुगमन गर्नुपरेको हुन्छ । जस्तै–बजार अनुगमन, भौतिक संरचनाको अनुगमन, शैक्षिक अनुगमन, बालबालिकाहरुका समस्याका बारेमा अनुगमन, मेलमिलापकर्ताका कामहरुमा अनुगमन हुन्छन् । विभिन्न जनताले नै आयोजना गरेका कार्यक्रम सहभागिता हँुदा, अफिस बाहिर नै बढी काम गर्नुपर्दा चाहिँ नगरमा चाहिँ जाने बिहान १० बजेदेखि १२ बजेसम्म रहन्छ र रहने गरेको छ । त्यसमा पनि हप्तामा २ दिन चाहिँ विहिबार र शुक्रबार मुद्दा हुर्ने काम गर्छौं । त्यसबेला फिल्डमा जान्न, अनि कामहरू समय मिलाएर जनताका सुख दुःखमा साथ दिन पनि घर–घरमा पुगेर सान्तवना दिन पुग्ने गरेका छांै । समय मिलाँउदा चाहिँ काममा बाधा–अवरोध नपुगेको महसुस गरेकी छु ।

अन्त्यमा केही कुरा भन्नु छ कि ?
– सम्पूर्ण पथरी शनिश्चरे नगरवासी तपाईहरूको साथ सहयोगले गर्दा यो स्थानमा आइपुगेकी छु । जिम्मेवारीको हिसाबले मेरो बलबुताले भ्याएसम्म तपाईहरुको काममा दिनरात नभनी खटिरहेकी छु । ३ बर्षको अवधि बितिसकेको छ, अब २ वर्ष बाँकी छ, तपाईहरुले पक्कै पनि साथ सहयोग गर्नुुहुन्छ भन्ने विश्वास लिएकी छु । यसमा तपाईहरुको माया सद्भाव रहिरहन्छ भन्ने अपेक्षा गर्दछु । मेरा आफ्ना कुराहरु यस अनलाइनमा राख्ने अवसर दिनुभएकोमा अनलाइनको सिङ्गो टिमलाई नै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।

सम्बन्धित खवर