बैंग्लुरुलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा - Crazysaptahik.com

बैंग्लुरुलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५९ रनले पराजित गरेको छ । आईपीएलमा बैंग्लुरुविरुद्ध दिल्लीको यो सबैभन्दा ठूलो जीत हो । यसअघि सन् २०१० दिल्लीले बैंग्लुरुलाई ३७ रनले पराजित गरेको छ । जीतसँगै दिल्ली आईपीएलको तालिकामा शीर्ष स्थानमा पुगेको छ । दिल्लीको जीतमा मार्कस स्टोइनिस र कागिसो रबाडा नयाक रहे ।

टस हारेर ब्याटिङ गर्न उत्रेको दिल्लीले बैंग्लुरुलाई १ सय ९७ रनको लक्ष्य दिएको थियो । जवाफमा बैंग्लुरुले ९ विकेटको क्षतिमा १ स्य ३७ रन मात्र बनाउन सक्यो ।
बैंग्लुरुका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । उनी सबै टी–२० खेलहरुमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय बने । बैंग्लुरुलाई रोक्न कागिसो रबाडाले ४ विकेट लिए भने एनरिच नोर्तजेले २ विकेट लिए । यसअघि, मार्कस स्टोइनिसको अर्धशतकीय पारीको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । स्टोइनिसले २६ बलमा २ छक्का र ६ चौकाको मद्दतले नटआउट रहँदै ५३ रन बनाए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.