भोलिबाट पथरी शनिश्चरेको कार्यालयहरु खुल्ने - Crazysaptahik.com

भोलिबाट पथरी शनिश्चरेको कार्यालयहरु खुल्ने

क्रेजी साप्ताहिक
पथरी । कोरोना संक्रमणका कारण बन्द रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा असोज २५ गते आइतबारबाट सुचारु हुने भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरी शनिश्चरे नगर कार्यपालिकाको विहिबारको संयुक्त बैठकले सो निर्णय गरेको नगर प्रबक्ता यामप्रसाद गुरागाइले बताउनुभयो ।समन्वय समिति संयोजक एवम नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा बैठक बसेको थियोे ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरी ९ जनामा कोरोना देखिएपछि असोज १८ बाट नगरपालिका, वडा कार्यालय, नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य सस्थाको अतिआवस्यक बाहेकका सेवा बन्द गरिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाहरुको जाँचमा थप जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारीमा कोरोना नदेखिएकाले अब सेवा सुचारु गरिने भएको हो । १ सय ७० जनाको पछिल्लो रिपोर्टमा समुदायका ३ जनामा भने कोरोना देखिएको छ । अन्य ५ जनाको भने पुनः जाँच गरी रिपोर्ट आउन बांकी रहेको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.