
क्रेजी साप्ताहिक
उर्लाबारी । उर्लाबारी ३ मा अवस्थित धिमाल पत्रकार मन्चको दोस्रो राष्ट्रिय अधिवेशनबाट विजय धिमालको अध्यक्षतामा १३ केन्द्रीय कार्य समिति चयन भएका छन् ।
धिमाल जातीय विकास केन्द्रको परियोजना स्थलको केन्द्रीय सभाहलमा सम्पन्न भएको थियोे । केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष अष्टनारायण धिमाल रदिपा धिमाल महासचिव चन्द्र धिमाल सचिब निरोज धिमाल कोषाध्यक्ष शोभा धिमाल र सदस्यहरुमा राजेन्द्र, डिल्लराम, कबिता, इशा, रमिता, संतोष र सुवरर्ण सर्वसम्मत चयन भएका थिए ।
कार्यक्रममा मोरङ, झापा, सुनसरी र काठमाडौबाट भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी अतिथि वक्ताहरुले धिमाल पत्रकार जोडतोडका साथ अघि बढ्नुपर्ने, देशभर रहेका धिमाल पत्रकारहरुको समस्या पहिचानगरी अघि बढ्नुपर्ने, जाति भित्रका पृष्ठभूमि र समस्या पहिचान गरि कलम चलाउनु पर्ने जस्ता भनाइहरु रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, बिशिस्ट अतिथि धिमाल जातीय विकास केन्द्रका महासचिब केदार धिमालरआदिवासि जनजाति पत्रकार महासंघ फोनिज प्रदेश नंः १ अध्यक्ष अर्जुन जम्नेली राई, अतिथिमा लिम्बू पत्रकार संघका केन्द्रीय सचिव दिनेश मिभक लिम्बु, धिमाल जातीय बिकास केन्द्र निर्वाचन समिति संयोजक कुमार धिमाल, किँरात राई बिध्यार्थी संघका केन्द्रीय सचिवालय सदस्य संजय राई, धिमाल विध्यार्थी मंचका उपाध्यक्ष दिपेन धिमाल, धिमाल युवा ताथ खेलकुद मञ्चका अध्यक्ष सिरिप्रसाद धिमाल, धिमाल जातीय बिकास केन्द्रका पूर्व केन्द्रीय सदस्य मात्रिका धिमाल, धिमाल बिध्यार्थी मञ्चका पूर्व अध्यक्ष तिलक लगायत रहेका थिए ।
कार्यक्रम धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालको सभापतित्वमा कार्यक्रम समापन भएको थियो । भने कार्यक्रम धिमाल पत्रकार मंन्चका महासचिव चन्द्र बहादुर धिमालले संचालन गरेका थिए ।

