कोरोना संक्रमितको न्युरोमा मृत्यु - Crazysaptahik.com

कोरोना संक्रमितको न्युरोमा मृत्यु

क्रेजी साप्ताहिक
विराटनगर । विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भएको हो । स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २० गते रिपोर्ट पोजेटिभ आएका पुरुषको न्युरोकै कोभिड अस्पतालमा उपचार भइरहेको । उनलाई उपचारका लागि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

धेरै प्रयास गर्दा पनि संक्रमित पुरुषलाई जीवित राख्न नसकिएको आचार्यले बताए । ‘उपचारकै क्रममा स्वास्थ्य बिग्रिएर अवस्था जटिल बनेपछि बिहीबार दिउँसो ३ बजेतिर आईसीयूमा भर्ना गरियो,’ उनले भने–‘अवस्था झन गम्भीर भएपछि भेन्टिलेटरमा राखेर थप उपचार गराउन थालेपछि संक्रमितलाई बचाउन सकिएन ।’ मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको आचार्यले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.