नेकपा पथरीशनिश्चरे ८ को चिसो भुइमुक्त वडा निर्माण अभियान सुरु - Crazysaptahik.com

नेकपा पथरीशनिश्चरे ८ को चिसो भुइमुक्त वडा निर्माण अभियान सुरु

पथरीशनिश्चरे/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ वडा कमिटीले चिसो भुइँ मुक्त वडा निर्माण गर्नका लागि अति बिपन्न भइ हालसम्म घरमा खाट नहुने परिवारलाई सुत्ने खाट वितरण कार्यक्रमको सुरुवात गरेको छ ।

“हामीले संकलन गरेको तथ्यांक बमोजिम हालसम्म आठ नम्बर वडामा बयालीस घरमा खाट नभएको पाइएको छ र यो पहिलो चरणमा बिजय दशमीको अबसर पारेर अतिआवश्यक परिवारलाइ वितरण गरि कार्यक्रमको शुरूवात गरिएको हो। जनताको कम्युनिस्ट पार्टी हुँदा पनि जनता चिसोभुइमा सुत्न बाध्य भएको कुरा आफुलाइ पटक्कै चित्तबुझ्दो नभएकोले वडा कमिटीको तर्फबाट यो कार्यक्रम आयोजना गरिएको र कार्यक्रमलाई निरंतरता दिएर वडालाइ चिसो भुइमुक्त निर्माण गरिछाड्ने छौं ।” नेकपा ८ नम्बर वडाका अध्यक्ष नवीन जङ्ग कार्कीले कार्यक्रममा बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राइले आठ नम्बर वडा कमिटीले पार्टीलाई सामाजिकिकरण गरेर जनतामा पार्टीलाई स्थापित गर्दै लगेकोमा धन्यवाद ज्ञापन गरि लोककल्याणकारी नया किसिमको अभियानलाई आफ्नोतर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जायर गरि बिजय दशमिको शुभकामना ब्यक्त गरेका थिए ।

पहिलो चरणमा ८ नम्बर निवासी तुम्बादेवी राई, सन्चमाया रुम्बा, बाबुराम चौधरी, लाक्पा शेर्पा, सागर धिमाल, गोपाल माझी, रेनुका तामाङ, सम्रा उराउ लाई खाट वितरण गरिएको थियो।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.