पथरी – पछिल्लो समयकी लोकप्रिय गायक–गायिका नन्दु गुरुङ र ममता गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीत भिडिया लाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
सो गीतमा राम प्रसाद गुरुङले शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका हुन् । गीतका प्रत्येक शब्द–शब्दहरुमा मायाँ प्रेम अर्थात प्रेमिल छन् । चोखो मायाप्रेममा रहेको जोडीको कथालाई गीतमा उतार्न खोजीएको छ ।
उक्त गीतको अडियोमा शिवदास गुरुङ र कुशुम गुरुङ फिचर्ड छन् । त्यस्तै, प्रदिप दयाल, सोनम शेर्पा, जेसिस श्रेष्ठ लगायतका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकीन्छ ।
गीतमा शिवदास गुरुङले कोरियोग्राफी एवम् निर्देशन गरेका छन् । गाउँले अनि लोक शैली देखाइएको भिडियोलाई चक्र बि बरालेले खिचेका हुन् । भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
हेर्नुहोस नन्दु र ममताको आवाजमा रहेको नयाँ गीत