पछिल्लो समय कलाकारितामा ब्यस्त नाम हो, गायक÷संगीतकार टंक बुढाथोकी । कहिले कन्सर्ट, कहिले रेकडिङ, अझ चाडबाडहरुमा त निक्कै ब्यस्त रहन्थे ।
तर, यस वर्ष कोबिड १९ को महामारीका कारण अरु कलाकारहरु जस्तै आफू पनि मारमा परेको उनी सुझाउँछन् । क्रेजी साप्ताहिक सँगको कुराकानीमा उनले सो कुरा बताएका छन् । ‘पोहोर सालको दशैंमा निक्कै व्यस्थ थिए तर अहिलेको यो परिस्तिथिमा कार्यक्रमहरु नहुने भएकाले निक्कै खल्लो महसुस भइरहेको छ । यो परिस्तिथिमा कतै हिन्डुल गर्न नपाइरहेको अवस्थामा मनमा आउने विविध कुराहरुलाई भुलाउन उच्च सतर्कता अपनाई गीत रेकर्ड गरिरहेका छौ ।’
पछिल्लो समय टंक र कबिता सिवाकोटिको आवाजमा रहेको झिम झिम परेलीले नेपाली साङगीतिक दुनीयालाई तताई रहेको छ । यो समाचार तयार पार्दाको समय सम्म सो गीत लाई दर्शक स्रोताहरुले दश लाख पटक भन्दा बढी क्लीक गरीसकेका छन् ।
यसरी नै दर्शक स्रोताहरुको मनमुटुमा बसेका टंक यस पटकको दशैं यसरी मनाउने सोचमा रहेका छन् ।
यसपालीको दशैं कसरी मनाउने सोचमा हुनुहुन्छ ?
भन्ने प्रश्नमा उनले कोरोना भाईरस कोबिड १९ का कारण कन्सर्टहरु बन्द भएको छ । कोबिड १९ का कारण धेरै माहोलमा, भिडभाडमा नजाने, धेरै घरहरुमा भिजिट नगर्ने भन्ने कुराहरु पनि आइरहेको छ । हाम्रो घरमा पनि त्यस्तै नै हुदैछ यसपाली, धेरै कम इस्टमित्रहरु आर्शीवाद थाप्न आउँदै हुनुहुन्छ । र हामी पनि त्यस्तैनै सोचीरहेका छौ । पहिलेको दशैं चाहि कन्सर्टहरुमा बित्थे यसपाली घरैमा । पहिले परिवारहरुसंग खासै रमाईलो गर्न पाइदैन थियो । यस पटक चाहिँ पूरा समय परिवारजनहरुसंग बिताउने सोचमा छु ।
पोहोर साल दशैं कसरी मनाउनुभयो ?
पोहोरको दशैं पुरै कन्सर्टमा बित्यो परिवारहरुसंग खासै रमाईलो भएन, टिकाकै दिनहरुमा कन्सर्ट पथ्र्यो । कलाकार भएपछि हामी त्यहाँ जानै पथ्र्यो । इन्कमको स्रोत पनि त्यही हुन्थ्यो ।
– प्रस्तुति : ईस्वर दुलाल